आज दसैँको तेस्रो दिन,मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी

आदर्श अनलाइन,बागलु

आज बडा दसैँको तेस्रो दिन, बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ।

बिजया दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ।

परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहनेछ। घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ। सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *