गण्डकी प्रदेशमा आज थप १ सय १९ मा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशमा आज बुधबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका ८६ जना, नवलपुरका १६ जना, तनहुँका १ जना, गोरखाका ३ जना, स्याङजाका १२ जना, मुस्ताङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । अहिले सम्म ४ हजार १४ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । गण्डकीमा अहिले २ हजार ८ सय २६ जना सक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *