मुस्ताङमा पहिलो पटक स्थानीयमा कोरोना संक्रमण,विद्यालय बन्द

एसके थकाली,मुस्ताङ

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका (४ जोमसोम बस्ने एक ३८ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल जोमसोमले दिएको जानकारी अनुसार मुस्ताङबाट कार्त्तिक ३ गते पठाइएको ७ जनाको स्वाब मध्ये क्षयरोग परीक्षण केन्द्रको पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा बुधबार ती महिलामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएकी ती महिलाको अहिले स्वास्थ्य अवस्था समान्य रहेको र उनी आफ्नै घरमा सुरक्षित होम आइसोलेसनमा बसेको अस्पतालका डाक्टर अनिल तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएकी ती महिला मुस्ताङ जिल्ला छोडेर कहीकतै नगएको डाक्टर तिमिल्सिनाले जानकारी दिए । मुस्ताङमा पहिलो पटक समुदायस्तरबाट कोरोना भाइरस संक्रमण देखिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।

जिल्ला छोडेर कहिकतै आउजाउ नगरेकी ती महिलामा कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि जोमसोमस्थित जनहित माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको छ । विद्यालयका प्रधानाध्याक रामचन्द्र अधिकारीले अहिलेसम्म ग्रिन जोनकै अवस्थामा रहेको मुस्ताङमा कोरोना संक्रमण देखिएपछि विद्यार्थीलाई सुरक्षित राख्न विद्यालयको शैक्षिक पठन—पाठन बन्द गर्नु परेको जानकारी दिए ।

मुस्ताङको जोमसोममा कार्यरत एक बैंकका कर्मचारीलाई पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना पोजिटिभ देखिएको थियो । जोमसोमस्थित सांग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना पोजिटिभ देखिएको थियो ।

डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैं अघि कार्तिक ३ गते घर गएका थिए । यसअघि गत जेठ महिनामा काठमान्डौंबाट मुस्ताङको घरपझोङ गाउपालिका—१ छैरो शरणार्थी क्याम्प बस्ने एक ८३ वर्षिय पुरुषलाई मुस्ताङ आउदा कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुषको दोश्रो पटक कोरोना परीक्षण गरेपछि निको भएका थिए ।

त्यस्तै ,मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा कागबेनी घरभइ काठमाडौं बसोबास गर्ने एक ५२ वर्षीया महिला मुस्ताङ आउँदा बिरामी भइ काठमाडौंमा उपचार गर्ने क्रममा कोरानाबाट मृत्यु भएको थियो। पछिल्लो समय मुस्ताङमा स्याउ ,आलु ,गाजर र दसैंका लागि भेडा—च्याङ्ग्रा खरिद गर्न आउने व्यापारीका कारण कोरोनाको जोखिम बढेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *