किसानको धान सहकारीले खरिद गर्ने

आदर्श अनलाइन, बाँके
बाँकेका सहकारीहरुले सरकारले तोकेको दर रेटमा धान किन्न आफुहरु सक्षम रहेको बताएका छन्र । कोहलपुरमा सहकारीकर्मीहरु र कोहलपुर क्षेत्रका पत्रारहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले यस्तो बताएका हुन ।

उनले केही दिन भित्र जिल्लाका ८१ ओटै वडाहरुमा धान किन्ने गरि तयारी भई रहेको बताए । उनले हरेक वडामा १/१ ओटा सहकारीले धान किन्ने गरी तयारी भई रहेको जानकारी दिए । उनले पहिलो चरणमा ५० ओटा सहकारीहरु मार्फत धान खरिद गरिने र आगामी दिनमा बाँके जिल्लाका वडाका सहकारीहरु मार्फत नै मल र बिउ बिक्री गर्ने तथा धान र अन्य उत्पादनहरु खरिद गर्ने गरी काम भई रहेको जानकारी दिए ।

अध्यक्ष सुबेदीले केही दिन भित्र किसानले आफ्नै वडामा सरकारी दरमै धान बेच्ने पाउने बताए ।
बहुउद्धेश्यीय सहकारी संघ बाँकेका अध्यक्ष अबिरल खडकाले हाल ६ ओटा सहकारीहरुले किसानको धान सरकारले तोकेको दर रेटमा खरिद गरि रहेको जानकारी दिए । सरकारले तोकेको दररेट मोटा धान २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ मा खरिद गरि रहेको बताए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले बाँकेका सहकारीहरु बिचौलीया प्रथाको अत्य गर्ने अभियानमा लागेको बताए । उनले किसानको उत्पादन खरिद गर्न र मल बिउ बिक्रि गर्न अव किसान अन्यत्र जानु नपर्ने बताए ।

साना किसान कृर्षि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाहले धान खरिद गर्न केही प्राबिधीक ज्ञानको अभाव भएपनि अव किसानले सस्तो मुल्यमा धान बेच्ने बाध्यता नआउने बताईन । उनले कृषि उपजको मुल्यको ग्याारेन्टी अव सहकारीहरुले गर्ने दावी गरिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *