पर्वतको कुश्मामा आज रातिदेखि एक साता बजार बन्द

आदर्श अनलाइन, पर्वत

कोरोना संक्रमण बढेपछि पर्वत कुश्मा नगरपालिकामा आज रातिदेखिअत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिमल गौतमका अनुसार शुक्रबार राती १२ बजेदेखी ७ दिनसम्म कुश्मा बजार बन्द गराउने निर्णय भएको हो ।

कुश्मामा रहेका सम्पुर्ण बैक तथा बित्तिय सस्था र अति आबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने डिसिसिएमसिको बैठकले निर्णय गरेको छ । कात्तिक २१ गतेसम्म कुश्मा नगरपालिका ४,५,६,७ वडा कार्यलय बन्द रहनेछन् । यसैगरि कुश्मा नगरपालिकाको सेवा समेत बन्द रहने छ ।

कुश्मा बजारमा पसल संचालन गरेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार बन्द गर्न लागिएको हो । पर्वतमा हाल सम्म २ जनाको मृत्यु भैसकेको छ भने विहिबारसम्म १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *