एम्बुलेन्सको ठक्करबाट युवक गम्भीर घाइते

आदर्श अनलाइन, तनहुँ
तनहँ भानु नगरपालिका–१ सालबिसनीमा एम्वुलेन्सको ठक्करबाट एक युवक घाइते भएका छन् ।

लमजुङको भन्सारबाट तनहुँको डुम्रे तर्फ आउँदै गरेको बा.५ च ६२५८ नं.को एम्बुलेन्सले पर्साजिल्ला हरैचा गाउँपालिका–४ घरभई भानु–१ बस्ने पैदल यात्री नम्मी माझीलाई ठक्कर दिएको हो ।

मोती क्लिनिक डुम्रेमा सामान्य उपचारपछि घाइते माझीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *