पानी टंकीमा डुबेर युवतीको मृत्यु

आदर्श अनलाइन, बागलङ
पोखरा-५ मालेपाटनमा सोमबार बिहान एक युवतीको पानी टंकीमा डुबेर मृत्यु भएको छ ।

रोल्पा लुङ्गे गाउँपालिका-७ घरभई पोखरा-५ मालेपाटन पोखरामा डेरागरी बस्ने २२ वर्षीया दीलमाया मगरको बिहान ८ः ०० बजे डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घरभेटी खड्गकहादुर गुरुङको घरमा रहेको भुईटंकीमा डुबेर मगरको मृत्यु भएको हो । स्थानीयले मगरलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको भएपनि प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *