बागलुङमा देउसी भैलो खेल्न नपाइने


–आदर्श अनलाइन बागलुङ

नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिदै आएको देउसी भैली यस वर्ष खेल्न नपाइने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो । जसमध्ये सक्रिय सक्रमित बढि भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहे घरबाहिर नआउन आग्रह गरेको छ । बागलुङमा परम्पराकाल देखिनै देउसीभैलो खेलेर आर्थिक संकलन गर्दैआएका थिए ।

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भीडभाड हुँनेभएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बोहकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसी भैलो खेल्न नपाउने निर्णय गरेको छ” प्रजिअ न्यौपानले भन्नुभयो “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भीडभाड बढी हुँन सक्ने भन्दै देउसी भैलो खेल्न रोक लगाइएको हो ।”

यस्तै बागलुङ बजार क्षेत्रका बैङ्क तथा वित्तिय संस्था पनि एक साता बन्द हुँनेभएकाछन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सुचारु रहने छन् ।

प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु छार्न र चढ्न नपाइनेगरी सुचारु गरिने जनाएको छ । बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधी र पत्रकारमा कोरोना संक्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *