घर कायम र नक्सा पास सम्बन्धमा नेकपा गलकोटको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटिले गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सा पास सम्बन्धी सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा गलकोट नगरकमिटिले गलकोट नगरपालिकाले २०७७ भदौं २५ गते जारी गरेको घर कायम तथा नक्सापास सम्बन्धी सूचनाका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा गलकोट नगर कमिटिका अध्यक्ष ललित श्रीसद्वारा जारी विज्ञप्तीमा चार बुँदामा माग सम्बोधन गर्न भनिएको छ ।

“कोरोना महामारीमा रोजगारी गुमाइएको र आर्थिक संकट बढेको बेलामा सुचना जारी गरी आम नागरिकको ढाड सेक्न बढी रकम असुली गरीएको छ” विज्ञप्तीमा भनिएको छ, “घर नक्सा ऐन पास गर्नुपूर्व निर्माण भएका घर कायम गर्न तथा नगरपालिका भित्र घर सुचीकृत गर्न दोहोरो कर कायम तत्काल खारेज गर्नु पर्दछ ।”

नेकपा नगर कमिटिले पुराना घर कायम गर्न नक्सा बनाउने र पास गर्ने प्रकृया तत्कालैबन्द गर्न, अवैधानिक तरिकाले लिएको रकम तत्कालै फिर्ता गर्न, एउटै विषयमा दोहोरो कर नलिन र वडाको सिफरिसका आधारमा सहज ढंगले घर कायम गर्न माग गरेको छ । यस्तै नगरपालिका आइसकेपछि पनि विना अनुमती निर्माण भइरहेका संरचनाका विरुद्धमा मुख दर्शक बनेको आरोप छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *