चट्याङ पीडितलाई नेकपाको सहयोग


–शान्त खत्री मौसम, गलकोट
चट्याङ लागेर मृत्यु भएका ताराखोला गाउँपालिका वडा नम्वर ३ फिल्मिरेका भिम वहादुर वस्नेतको परिवारलाई नेकपा जिल्ला कमिटी बागलुङको आर्थिक सहयोग गरिएको छ ।
नेकपा जिल्ला कमिटी सचिव ज्ञामनाथ गैरेको टोलि मार्फत आएको सहयोग ताराखोला गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष डिल बहादुर बस्नेत मार्फत बस्नेतकी आमा टुलकी बस्नेतलाई १० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
ताराखोला गाँउपालिका वडा नम्वर ३ फिल्मिरेका २१ वर्षीय भिम बहादुर बस्नेतको गत महिनाको भदौ २४ गते चट्याङ लागेर मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *