टान पश्चिमाञ्चल अध्यक्षमा पौडेल

आदर्श अनलाईन, पोखरा ।

पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन हुनुभको छ ।

बुधबार भएको १६ औँ अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका हुनुभयो ।

त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध निर्वाचित हुनुभएको थियो । सहसचिवमा रेशव अधिकारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ तथा सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ निर्वाचित हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *