बागलुङ सेवा समाज डेनमार्क गठन

आदर्श अनलाइन, कोपेनहेगन

डेनमार्कमा रहेका बागलुङेहरु संगठित भएका छन् । बुधवार साँझ भएको भर्चुअल भेलाले बागलुङ सेवा समाज डेनमार्क गठन गरेको हो । जयलाल न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति चयन गरियो । सदस्यहरुमा महेन्द्र खड्का, अशोक शर्मा, महेशकुमार खाती, कुलराज शर्मा, गिरी कंडेल, बिर बोहोरा, ध्रुव मल्ल, सपना खड्का, ध्रुव गौतम, कमला शर्मा, नरेश के.सी, जयलाल चालिसे र बिनोद पौडेल रहेका छन् । ७ सदस्य पछी थप्ने भेलाले निर्णय गरेको छ । छुटेका भूगोल, क्षेत्र, लिङ्ग र समुदाय समेटेर समितिमा सदस्य थप गरिने समाजका संयोजक न्यौपानेले बताए । डेनमार्कबासी सबै बागलुङेलाई समेटेर अघि बढिने उनको भनाइ छ । भेलाले ढिलोमा १ वर्षभित्र भब्य भेला गरेर अधिवेशन गर्ने निर्णय गरेको छ ।

डेनमार्कमा रहेका बागलुङबासीबिच भावनात्मक सम्बन्ध बढाउन, एकआपसमा सहयोग र बागलुङ जिल्लाको हित र विकासको लागि हातेमालो गर्न सहयोग पुगोस भनेर समिति निमार्ण गरिएको सदस्य महेन्द्र खड्काले बताए । निकट भविष्यमा निर्माण हुदै गरेको अन्तरार्ट्रिय बागलुङ समाजको सन्जालमा डेनमार्कका बागलुङे समेटिउन र सुख दु:खमा सबैको साथ सहयोग होस् भनेर पनि छोटो तयारीमा भेला गरिएको संयोजक न्यौपानेले बताए । डेनमार्कमा बागलुङ सेवा समाजको आवश्यकतामाथी सदस्यहरु अशोक शर्मा र गिरी कंडेलले प्रकाश पारेका थिए । कार्यक्रमको सन्चालन महेशकुमार खातीले गरेका थिए । समाज आवश्यक भएकोमा सहभागीहरु सबैले जोड़ दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *