गण्डकी प्रदेशमा आज फेरी थपिए ४१ संक्रमित

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार बिहान ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ३६ सहित कास्कीको मादी र रुपामा १–१ तथा लमजुङका ३ गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर वडा नं ७ का ३ पुरुष तथा १ महिला, ८ का २ पुरुष, १० की १ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का २ पुरुष तथा २ महिला, २६ का २ पुरुष, २७ का ७ पुरुष तथा ४ महिला, २९ की १ महिला, ३० का २ पुरुष तथा २ महिला, ३१ का २ महिला, कास्की रुपा ५ का १ पुरुष तथा मादी ६ की १ महिला, लमजुङ सुन्दरबजारका वडा नखुलेका ३ पुरुष रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *