बागलुङमा स्वास्थ्यकर्मी सहित १० जनामा कोरोना पुष्टी

आदर्श अनलाइन, बागलुङ ।
बागलुङमा एक स्वास्थ्यकर्मी सहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

धौलागिरी अस्पताल बागलुङमा कार्यरत ३३ वर्षीया स्वास्थ्यकर्मी महिला सहित बागलुङ नगरपालिकाका ६३, २०, १२ र ५ वर्षीय ४ जना पुरुष, ६०, ५६ र ५० वर्षीया तीन महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी बैदेशिक रोजगारीबाट फर्किएका काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष र ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई आइसोलेशनमा राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *