आदर्श अनलाइन, बागलुङ
बागलुङबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
बानपा ४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बानपा १० का सुर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बानपा ११ का राजन आचार्य, सन्तोष केसी, बानपा २ ज्ञानबहादुर कार्की, बानपा-९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका ३ का तेजबिक्रम क्षत्रीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट नगद ५४ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
जुवा खेलेको आरोपमा बागलुङका ८ जना पक्राउ
