बिभिन्न देशमा रहेका बागलुङे संगठित,अध्यक्षमा गिरी चयन

आदर्श अनलाइन,बागलुङ

बिभिन्न देशमा रहेका बागलुङेहरु संगठित भएका छन् ।

यसअघि देश देशमा संगठित भए पनि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको रुपमा संगठित भएको यो पहिलो हो । समाजको भर्चुअल रुपमा सम्पन्न अधिवेशनले स्पेनमा कार्यरत बलेवाका एकराज गिरीको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा युरोप, बेलुकाजी थापा एसिया जापान, रमेश भट्ट मध्यपुर्ब, दीपक गौतम अमेरिका, सुमन बिष्ट ओसियाना, महासचिवमा देबु पौडेल बेल्जियम रहेका छन् ।

समाजको सचिवमा प्रेम सागर पौडेल कोरिया, अशोक शर्मा डेनमार्क, दिपेन्द्र आचार्य पोर्चुगल, कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ जापान, सहकोषाअध्यक्षमा महेश खाती डेनमार्क छन् । क्षेत्रीय संयोजकहरुमा युरोप महेन्द्र खड्का, अमेरिका नबराज पन्त, सदस्यहरुमा चन्द्रकान्त शर्मा (कतार, सन्तोष शर्मा आयरल्यान्ड, सज्जन हमाल पोर्चुगल, बमबहादुर जिसी पोर्चुगल,ज्ञानु शर्मा पोर्चुगल,कर्ण बुढाथोकी मलेसिया, गामबहादुर बिक, बिदुर गौतम स्पेन रहेका छन् । समाजले बिभिन्न देशमा रहेका बागलुङे हरु बीच समन्वय सहकार्य गरेर जिल्लाको विकास, प्रर्वद्धनका साथै संकटमा साथ सहयोग प्रदान गर्ने उद्धेश्य राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *