धौलागिरी एफएमको वार्षिकोत्सवको असरमा बिरामीलाई तातो दुध

आदर्श अनलाइन,बागलुङ
धौलागिरी एफएम बागलुङले धौलागिरी अस्पतालमा उपचारत बिरामीको स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरेको छ ।

एफएमले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो दिनको कार्यक्रम अन्तरगत बुधवार धौलागिरी अस्पतालमा उपचारत सवै विरामीलाई तातो दुध वितरण गरेको हो ।

अस्पतालमा उपचाररत इनडोर, आउटडोर, प्रस्तुती वार्ड र कोभिडको उपचारका लागि आइसोलेसनमा रहेका सवै विरामीलाई उनीहरुको स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरिएको धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले वताए ।

अस्पतालमा रहेका विरामीहरुलाई सम्झेर चिसो मौसममा तातो दुध वितरण गर्ने ब्यवस्था मिलाएकोमा खुशी ब्यक्त गर्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरले धौलागिरी एफएमले सूचना, मनोरञ्जन र शिक्षा मात्रै नदिएर नागरिकप्रतिको कर्तब्य र जिम्मेवारी वोध गरेकोमा धन्यवाद दिए । उनले अस्पतालले धौलागिरी एफएमसंग सहकार्य गरेर कार्यक्रम पनि सञ्चालन गरिरहेको स्मरण गरे ।

सो अवसरमा अस्पतालका प्रमुख डा. शैलेन्द्र वि पोखरेलले तातो दुध सवै किसिमका विरामीहरुका लागि उपयोगी भएको वताउदै एफएमले बार्षिकोत्सवको अवसरमा अस्पताललाई सम्झेकोमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । एफएमका सम्पादक तारा प्रसाद शर्माले एफएमको कार्यक्रमको वारेमा जानकारी गराएका थिए ।

अस्पतालका विरामीहरुलाई एफएमका अध्यक्ष हरिनारायण गौतम, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवि रानामगर, मेसु डा. शैलेन्द्र वि पोखरेल, स्टेशन प्रमुख उमाकान्त शर्मा, लेखा तथा प्रशासकीय अधिकृत रन्जिता शर्मा, सहसम्पादक कोपिला कँडेल, नर्स देवी भट्टाराई, राधिका भन्डारी लगायतले विरामीहरुलाई तातो दुध वितरण गरेर उनीहरुको स्वास्थ्यलाभको कामना गरेको कार्यक्रम संयोजक आयुषा आचार्यले वताईन ।

एफएमले बार्षिकोत्सव अवसरमा बुधवार लोकसंस्कृतिको संरक्षणमा धौलागिरी एफएमको भूमिका, महामारी शिक्षा विषयक शैक्षिक वहस र विपतमा सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

बार्षिकोत्सवको पहिलो दिन मंगलवार खुला मुक्तक प्रतियोगिता र धौलागिरीको साहित्य प्रवद्र्धनमा स्रष्टाहरुको भूमिका विषयक अन्तर संवाद कार्यक्रम गरेको थियो । विहिरवार मुल समारोह र पुरस्कार वितरण कार्यक्रम रहेको स्टेशन प्रमुख उमाकान्त शर्माले वताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *