आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बागलुङ नगरपालिका वडा नं. ३ मा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य कल्पना श्रेष्ठका पति सन्तोष प्रसाद श्रेष्ठको दुखद निधन भएको एघारौ दिनको पूण्य तिथी पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) र सञ्चालक अम्बिका जिसीले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तव्य मृतकका भाई दर्शन श्रेष्ठलाई मृत्यु राहत रकम प्रदान गर्नु भएको थियो ।

संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार
रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार १ सय जना शेयर सदस्य, ४ करोड ५० लाख रुपैया शेयर रकम, ३१ करोड वचत, २७ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *