इञ्जिनियरिङ एशोसियसन बागलुङद्धारा एकसाथ शुभकामना र सपथ

आदर्श अनलाइन,बागलुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ईन्जिनियरिङ समुदाय तर्फको जनबर्गिय संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियसन अफ नेपाल बागलुङ जिल्ला समितिको आयोजनामा शुभकामना आदान प्रदान, चियापान तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेकपा बागलुङका अध्यक्ष एबं गण्डकी प्रदेश सभासद इन्द्रलाल सापकोटाले बिकास प्रशासन र सामान्य प्रशासन बिच ठुलो मतभेद रहेकोले यसलाई चिर्नका निम्ति आफुले निरन्तर संसदमा आवाज उठाईरहेको बताए । उनले समाज र देशको िवकासको नक्सा कोर्ने इन्जिनियरको यसबेला महत्वपूर्ण भुमिका हुनुपर्ने भन्दै इमान्दार रुपमा कार्य गर्न आग्रह गरे ।

चाडपर्वलाई मध्यनजर गरि आपसी आत्मियता, सामिप्यता, भाईचारा बढाउदै बागलुङ जिल्लामा छरिएर रहेका ईन्जिनियर बीच परिचय र सम्बन्ध स्थापित गरि संगठन बिस्तार गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको एशोसिययन बागलुङ जिल्ला समितिका अध्यक्ष बिमल आचार्यले बताए । १८ जना ईन्जिनियर सहभागी कार्यक्रमको संचालन जिल्ला समिति सचिव इन्जिनियर भुबन पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष इञ्जिनियर निलाम्बर आचार्यले गरेका थिए ।

गत असोज मसान्तमा गठित २१ सदस्यीय समितिका पदाधिकारी तथा सदस्यलाई सो अवसरमा पार्टी अध्यक्ष तथा प्रदेश सांसद सापकोटाले सपथ ग्रहण समेत गराएका थिए ।

इञ्जिनियरिङ एशोसियसन बागलुङका पदाधिकारी तथा सदस्य सपथ ग्रहण पश्चात

एशोसियनको अध्यक्षमा विमल अचार्य, उपाध्यक्ष निलाम्वर आचार्य, सचिवमा भुवन पौडेल, कोषाध्यक्षमा महेश थापालाई चयन गरेको थियो । यसैगरी सचिवालय सदस्यमा विनोद शर्मा, मनोज शर्मा, सन्तोष पौडेल, सदस्यहरुमा अर्जुन घिमिरे, एलिना हमाल, कृष्ण प्रसाद गौतम, जनकराज पन्त, दिपक थापा मगर, प्रविन आचार्य, प्रेम थापा, विजय गौतम, विजय शर्मा, रोसन भण्डारी, सन्देश बोगटी, सुरेन्द्र पौडेल, सुर्य भण्डारी र हेमन्त कँडेल रहेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *