पोखरामा कोरोनाबाट थप १ महिलाको मृत्यु

 आदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोंना उपचार केन्द्रमा  उपचाररत पोखरा १४  की ६७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।

कात्तिक २१ गते अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा शुक्रबार बिहान  २:०० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *