डिभिजन वन कार्यालय बागलुुङको आयोजनामा निबन्ध प्रतियोगिता हुँदै

आदर्श अनलाइन, बागलुङ
डिभिजन वन कार्यालय बागलुङले अन्तर्राष्ट्रिय पर्वतीय दिवस (डिसेम्बर ११) को अवसरमा जिल्ला भित्रका माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहने माध्यामिक तहका विद्यार्थीले बढीमा १००० शब्दमा पर्वतीय क्षेत्रको जैविक विविधता संरक्षणमा युवाहरुको दायित्व शिर्षकमा निबन्ध लेखि सम्बन्धित विद्यालयको सिफारिस सहित डिभिजन वन कार्यालय बागलुङको इमेल dfobaglung@gmail.com वा कार्यालयमा नै हार्ड कपी बुझाउन सक्नेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीले पुरस्कार स्वरुप नगद रु ५५००, रु ३५०० र रु २५०० सहित प्रमाण पत्र प्राप्त गर्नेछन । निबन्ध बुझाउने अन्तिम मिति २०७७ मंसिर १८ गते रहेको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

preload imagepreload image