पर्वतमा भीरबाट खसेर एक जनाको मृत्यु

आदर्श अनलाइन, पर्वत
पर्वतमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाशीला गाउँपालिका-५ लामेका ५३ वर्षीय नरबहादुर सुनारको भीरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

मंगलबार आफ्नै गाउँका टेकबहादुर सुनारको घरमा भेटघाट गरी फर्केका नरबहादुर घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार दिउसो १.०० बजे लामे भीरको ३० मीटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *