खर्बाङमा पहिलो पटक सहकारीद्धारा सुपथ मुल्यमा रसायनिक मल वितरण सुरु

कमल पौडेल, बडिगाड

बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङमा रहेको मिलन व्यवसायीक कृषि सहकारीले दैनिकि सेवा सहित कृषकहरुको लागि रसायनिक मल वितरण सुरु गरेको छ।

यस अघि मासिक कारोवार गर्दै आएको सहकारीले मंसिर ५ गते देखि दैनिक सेवा सुरु गरेको सहकारीका अध्यक्ष दिन बहादुर केसिले जानकारी दिनुभएको छ।

सहकारीले नयाँ कार्यालयको व्यवस्थापन समेत गरि सेवा विस्तार गरेको हो। हालको लागि नियमित कारोवार सहित कृषकहरुको लागि युरिया, डिएपि, पोटास, बोरान लगाएतको रासायनिक मल सुपथ मुल्यमा वितरण सुरु गरिएको अध्यक्ष केसीले जानकारी दिनुभएको छ।

व्यवसायीक रुपमा कृषि गर्ने कृषकहरुको लागि सहजिकरण सहित लगानी गरिरहेको सहकारीले वचत तथा ऋणको कारोवार समेत गरिरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *