लामो झोलुङ्गे पुलमा युवाद्वारा सरसफाई


–आदर्श अनलाइन, बागलुङ

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दावि गरिएको झोलुङ्गे पुल क्षेत्रमा स्वतस्फूर्त रुपमा युवाहरुले सरसफाई गरेका छन् ।

पुल अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुले पुल आसपासको क्षेत्रमा चाउचाउ, विष्कुटका खोल तथा पिय पदार्थका बोतलहरु जथाभावी फाल्नाले पर्यटकीय स्थल कुरुप हुँन थालेको भन्दै बागलुङका युवाहरुले मंगलबार सरसफाई गरेका हुन् । बागलुङ बजारका रिवाज शर्मा, यलोन थापा, निश्चल थापा, केशव थापा र सनम रुचालको समूहले पुल आसपासको क्षेत्रमा सरसफाई गरेका थिए । पुल अवलोकनका लागि पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भइरहेको अवस्थामा पुल अवलोकन गर्ने, खाजा खाने तर फोहोर व्यवस्थापनमा ध्यान नदिदा पुल आसपासका क्षेत्रमा कागज, वोतल, सिसा लगायतका फोहोर यत्रतत्र छरिएका थिए ।

बागलुङको आर्कषक गन्तव्यका रुपमा चिनाउने पुल कुरुप हुँदै गएपछि स्वतस्र्फूत रुपमा सरसफाई गरिएको सरसफाईमा सहभागी युवा रिवाज शर्माले जानकारी दिनुभयो । युवाहरुले सम्बन्धित निकायले फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गरी डस्विन राख्न ध्यानआर्कषण गर्नका लागि सरसफाई गरेको बताएका छन् ।

उनिहरुले पुलमा नियमित सरसफाई गर्ने योजना रहेको बताएका छन् । युवाहरुले पर्वत र बागलुङ तर्फ १४ बोरा फोहोर संकलन गरेको जानकारी गराएका छन् । पुल आसपासमा व्यापार व्यवसाय गर्नेहरुले समेत फोहोर व्यवस्थापनमा ध्यान नदिदा समस्या भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *