बागलुङमा पुनः निर्माणको प्रगति समिक्षा

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगत जिल्लामा पुनःनिर्माण गर्नका लागि स्थापना भएका तीन वटा कार्यालयको मंगलबार प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । २०७२ सालको भुकम्पपछि पुनःनिर्माण गर्न बागलुङमा स्थापना भएका कार्यालयहरुको समिक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा गरी तीन वटै कार्यालयको प्रगति समिक्षा गरिएको हो ।

पुननिर्माणको अनुगमन गर्न बनाइएका पुनःनिर्माण जिल्ला समन्वय समितिको वैठकमा कार्यालयहरुले आ–आफ्नो प्रगती र समस्याका विषयमा जानकारी गराएको राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रेणुका पाण्डेयले जानकारी दिनुभयो । संघीय सांसद मन कुमारी केसीको संयोजकत्वमा बसेको बैठकमा संघीय सांसद डा. सुर्य पाठक, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना र सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बागलुङमा निजी आवास पुन निर्माण ६६ प्रतिशत सम्पन्न भएको, बुर्तिवाङ तमानखोला सडक पुन निर्माण सम्पनन भएको, रायडाँडामा गुम्मा निर्माण गर्न थालिएको लगायतका विषय जानकारी गराइएको थियो । वैठकमा सांसादद्वयले प्रभावकारी रुपमा पुननिर्माणमा लागिरहन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *