राष्ट्रिय जनमोर्चाले बागलुङमा जिल्लाव्यापी बिरोध सभा गर्ने

आदर्श अनलाइन,बागलुङ

राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले आगामी मंसिर १४ गते संघीयता खारेजी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टचारको विरुद्धमा जिल्लाव्यापी विरोध सभा गर्ने भएको छ ।

जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता र केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाको विशेष उपस्थितिमा बागलुङ बजारमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बिरोध कार्यक्रमका लागि जिम्मेवारी समेत बाँडफाड गरेको छ । बागलुङ बजारमा राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश मामिला सभापति कृष्ण थापा, कुश्मीसेरा बजारमा जिल्ला अध्यक्ष अमर थापा, गल्कोट हटिया बजारमा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, बुर्तिवाङ बजारमा गण्डकी प्रदेश सभा सदस्य माननीय खिम विक्रम शाही, बरेङ बजारमा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य माननीय पियारी थापा, ग्वालीचौरमा जिल्ला उपाध्यक्ष धर्म कुँवर, घुश्मेली बजारमा राष्ट्रिय परिषद सदस्य तिलक थापा, झिवाखोला बजारमा जिल्ला सचिव भिमलाल पोखरेल, बोङ्गादोभानमा राष्ट्रिय परिषद सदस्य गौरीस्वर पाण्डे र अक्षेतेमा जिल्ला सचिवालय सदस्य नेत्र बहादुर बुढाथोकीले सम्बोधन गर्नु हुनेछ ।

बैठकले सरकारका गलत नीति, बैदेशिक हस्तक्षेप र एमसिसि सम्झौताको विरुद्धमा चलेको सयुक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बागलुङ जिल्लामा पनि त्यस विषयमा संघर्षका कार्यक्रम गर्ने, चैत्र २४,२५ र २६ गते काठमाडौंमा सम्पन्न हुने चौथो राष्ट्रिय सम्मेलन सफल पार्न जिल्ला तहका कतिपय संगठनात्मक निर्णय समेत गरिएको जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो । पहिलो चरणमा सदस्यता वितरण र नविकरणलाई तिव्रता दिईने छ भने दोश्रो चरणमा भेला तथा प्रशिक्षणका कार्यक्रम गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *