आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा


–आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य भुमिराज शर्माकी आमा, सितादेवि शर्मा र रुद्र प्रसाद प्रसाद शर्माकी सासु तथा संस्थाका कर्मचारी लक्ष्मी शर्माकी हजुर आमा काठेखोला गाउँपालिका–७ रेश निवासी भद्रकली गौतमको निधन भएको १३ औं दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
गौतमको कार्तिक २९ गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका पूर्व सचिव तथा काठेखोला गाउँपालिका गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने, माछापुच्छ्र्रे्र्र्र बैंक रेश सेवा केन्द्रका विष्णु गौतम, शेयर सदस्य दान बहादुर जिसी र कुलप्रसाद गौतम, साना किसान सहकारीका सञ्चालक विरेन्द्र कार्कीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम अनुसार २ जनाको १० हजार रुपैया स्वर्गीय गौतमका छोरा भुमिराज गौतमलाई हस्तान्तरण गर्नु भएको थियो । संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *