कास्कीका २ संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृतक सबै कास्कीका छन् ।

मृत्यु हुनेमा कास्की पोखरा २ का ५९ वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो । मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो ।

कास्की पोखरा ३२ का ६६ वर्षीय कोरोना संक्रमित महिलाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

५ गते कोरोना पुष्टि भएकी उनमा कोरोनासँगै निमोनियाको समस्या थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *