आदर्श अनलाइन, बागलुङ
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराइराख्नुभएकी मृगौलापीडित रिता थापालाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका ३३ वर्षिया रिता थापाको दुवै मृगौला फेल भएर उपचार गराइराखेपनि थप उपचार गर्न अर्थअभाव भएपछि प्रवासी नेपालीबाट स्वातस्फूर्त रिता थापा बचाउ अभियान अन्र्तगत संंकलित रकम हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण थापालाई उपचारमा धेरै खर्च लाग्ने भएपछि विभिन्न देशबाट राहत पठाउने अभियान अन्र्तगत शुक्रबार बागलुङ समाज मलेसियाको तर्फबाट संकलित राहत पीडितको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
समाजसेवी तथा नेकपा काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की, मलेसियामा रहनुभएका मन बहादुर थापा, हरिलाल थापा, रामु जिसी र बागलुङ समाज मलेसियाका पूर्व अध्यक्ष कृष्ण खड्काको पहलमा संकलन भएको रु. ९० हजार रकम पीडित रिता थापालाई एक कार्यक्रमबा बीच शुक्रबार हस्तान्तरण गरिएको छ । थापालाई यस अघि प्रवासी नेपाली हंकङ बाट रु. एक लाख ५२ हजार, अमेरिकाबाट रु. २५ हजार सहयोग हस्तान्तरण गरिसकिएको छ ।
दुई वर्ष देखि दुबै मृगौला फेल भई पोखराको आस्था अस्पतालमा उपचार गराईराख्नुभएका थापा उपचारमा आर्थिक अभाव भएपछि अहिले गाउँ फर्कनुभएको छ ।
परिवारका अनुसार थापाको उपचार शुरुमा औषधी र पछि सुईको माध्यबाट औषधी दिएर भइरहेपनि अहिले डाइलासिस बीधिबाट उपचार गर्नुपर्ने भएको छ ।
परिवारको तर्फवाट थापाको उपचारमा चार देखि पाँच लाख भन्दा बढी रकम खर्च भइसकेको र आगमी दिनमा पुन उस्तै खर्च लाग्ने भएपछि प्रवासी नेपालीहरुले केही रकम जुटाएर सहयोग गरिएको बागलुङ समाज मलेसियाको पूर्व अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।
“बागलुङ समाज मलेसियाको पहलमा बेलटेक कम्पनीमा कार्यतर २५ जना नेपालीहरुले स्वतस्र्फत संकलन गरेको रकम र बागलुङ समाज मलेसियाको तर्फबाट गरी जम्मा ९० हजार हस्तान्तरण गरिएको छ” खड्काले भन्नुभयो “बागलुङ समाज मलेसियाको तर्फबाट थुप्रै स्थानमा सहयोग गर्नेक्रममा मृगौला पीडित थापालाई सहयोग गरिएको हो ।”
“
थापालाई सहयोग आउन थालेपछि पुन डाइलासिस गर्नका लागि काठमाण्डौं जाने योजनामा हुनुहुन्छ । “शुरुमा रोग पत्ता लगाउनै समस्या भएका कारण उपचारमा ढिलाई हुँदा खर्च बढी भयो” मृगौला पीडित थापाले भन्नुभयो “सुईबाट औषधी दिदा निकै महङ्गो उपचार भएपछि घरमा आएको थिए, अब पुन डायलासिस गर्नेगरी उपचारमा जादै छु ।”
राहत हस्तान्तरण कार्यक्रममा समाजसेवी डिल बहादुर कार्कीले सानो सहयोगले थापाको उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो । यस्तै बागलुङ समाज मलेसियाका पूर्व अध्यक्ष कृष्ण खड्काले सहयोगी नेपालीहरुलाई बागलुङ समाज मलेसियाको तर्फबाट धन्यवाद दिनुभएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिकाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र जनकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक थम्मन थापाको सञ्चालनमा सम्म्पन्न भएको थियो ।
निम्मानुसार राहत रकम संकलन भएको थियो ।