राष्ट्रिय युवा संघ गलकोट नगर कमिटीको संयोजकमा थापा

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय युवा संघ गलकोट नगर कमिटीको शनिवार प्रथम नगर भेला सम्पन्न गरेको छ ।

नगर भेलाले मनोजकुमार थापा संयोजक, टंक कार्की सह-संयोजक सहित ४५ सदस्य नगर कमिटी गठन गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलले अहिले पार्टी भित्रको तिव्र बिवादले जिल्ला तहका नेता कार्यकर्तामा नैराश्यता उत्पन्न हुन थाले पनि पार्टी फेरी एकतावद्ध भएर अघि बढ्ने बताउनुभयो । उहाँले विचार र सिद्धान्तको बहस पार्टी भित्र चलिरहने उल्लेख गर्दै यस बेला सबै संयमित भएरु प्रस्तुत हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङका कार्यलय सदस्य लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी बागलुङका कार्यलय सदस्य थमलाल निउरे, नेपाल कम्युनिष्ट गलकोट नगर कमिटी संयोजक ललित श्रीष, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज नरेश केसीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ गलकोट नगर कमिटी संयोजक मनोज कुमार थापाको अध्यक्षता, राष्ट्रिय युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगरले सपथ ग्रहण र सह–संयोजक टंक कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *