फेदीखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाउने

आदर्श अनलाइन, स्याङ्जा
फेदीखोला गाउँपालिका स्याङ्जाआधारभूत तहको पाठ्यक्रम निर्माणमा जुटेको छ ।

स्थानीय परम्परागत कला, सीप र व्यवसायहरूको उजागर गर्दै ओझेलमा परेका भाषा संस्कृतिलाईपाठ्यक्रममा समेटिने भएको छ ।

पाठ्यक्रम निर्माणका लागि पालिकाको आयोजना र साभ नेपालको सहजीकरणमा तीन दिने कार्यशाला शनिबार सुरु भएको छ ।

कार्यक्रममासंघीय सांसद नारायण मरासिनी, प्रदेश सांसद मीनप्रसाद गुरूङ, पाठ्यक्रम विज्ञ ध्रुवराज खनाल, कृषि विज्ञ वासुदेव, साभका प्रतिनिधि तुलसी प्रभास, शिक्षक युवराज पौडेल, सुन्दर मानन्धर लगायत सहभागी थिए ।

गाउँपालिका उपाध्यक्ष देवी थापासहित जनप्रतिनिधि, शिक्षाविद् तथा समाजसेवी तारापति सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष जमुना चापागाईँ, कांग्रेस नेता महेन्द्र थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधि, शिक्षकको सहभागितामा छलफल भएको छ ।

कार्यक्रममा संघीय सांसद नारायणप्रसाद मरासिनीले शिक्षाले आफूलाई चिन्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने, स्थानीय उद्यमशीलतालाई उजागर गर्नुपर्ने र एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद मीनप्रसाद गुरुङले पाठ्यक्रममा स्थानीय परम्परागत कला, सीप र व्यवसायहरूको उजागर गर्दै ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्ने सुझाव दिए ।

साभ नेपालका अध्यक्ष तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका सम्बन्धमा चर्चा गरे ।

पाठ्यक्रम विज्ञ प्राध्यापक धु्रवराज खनालले स्थानीय पाठ्यक्रम र यसका अन्तराष्ट्रिय अभ्यासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे ।

कृषि विज्ञ वासुदेव काफ्लेले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने कृषि उत्पादनसँग सम्बन्धित विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलाको पहिचान झल्कने वास्तविक दस्तावेजका रुपमा पाठ्यक्रम निर्माण गर्नुपर्ने आफूलाई प्राप्त जिम्मेवारीका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा रोजगार संयोजक रुपक बराल, गाउँपालिका उपाध्यक्ष देवी थापा, गाउँपालिका शिक्षा शाखा संयोजक रामचन्द्र गुरुङ, शिक्षक संगठन नेता जमुना चापागाईं, राप्रपा नेता विश्वबन्धु पौडेल, फेदीखोलाका कांग्रेस युवा नेता महेन्द्र थापा, गण्डकी प्रदेश प्याब्सन सल्लाहाकार पुष्पराज बराल, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी, प्रजातन्त्रका सेनानी तारापति सुवेदी लगायतले बोलेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *