नेपालमा थप १२ सय ५५ जनालाई कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ 
नेपालमा थप १ हजार २ सय ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

हाल नेपालमा १७ हजार ९ सय ९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा थप ८ हजार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप १ हजार ४ सय ४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *