विश्व एड्स दिवसमा जनप्रतिनिधिसंग अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

धौलागिरी अस्पतालमा विश्व एड्स दिवसको पूर्व सन्ध्यामा बागलुङ नगरपालिकाका जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ मूल नाराका साथ भोली अर्थात डिसेम्बर १ मा मनाउदै आएको विश्व एड्स दिवसका अवसरमा सोमबार धौलागिरी अस्पताल र एड्स हेल्थ फाउण्डेसनको साझदारीमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकराज पौडेलले एचआइभी एड्का सम्बन्धमा जनप्रतिनिधि समेत जानकार हुँन आवश्यक रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिले समेत एचआईभी एड्सबाट बच्न सचेतना फैलाई रहेको बताउनुभयो ।

कार्यक्रममा एड्स हेल्थ केयर फाउण्ेडशनका प्रतिनिधि सुस्मा क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा एचआईभीको रोकथाम र निदानमा सहयोग गर्दै आएको धौलागिरी अस्पताल बागलुङको एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदिप आचार्यले एचआईभीमा विश्वको अवस्था, बागलुङ जिल्लाको अवस्था र कोरोना संग एचआइभी एड्सको सम्बन्धका विषयमा जनप्रतिनिधिलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रम धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविन बाबु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख प्रमुख वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । एड्स हेल्थ केयर फाउण्ेडशनले धौलागिरी अस्पताल बागलुङको एआरटी सेन्टरसंगको साझेदारीमा एचआइभी एड्स सक्रमितको पोषण, यातयात खर्च, प्रयोगशाला र औषधीमा सहयोग गर्दै आएको एड्स हेल्थ केयर फाउण्ेडशनका प्रतिनिधि सुस्मा क्षेत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *