प्रहरीद्वारा कांग्रेस नेता रामचन्द्र पौडेल नियन्त्रणमा : युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनावपछि स्थिति असामान्य

आदर्श अनलाइन, तनहुँ
प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ ।  गृहजिल्ला तनहुँमा बनेको नवनिर्मित पुलको उद्घाटन गर्न गएका वेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कांग्रेसका तनहुँ जिल्ला सभापति बैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका १, र ११ जोड्ने पक्कि पुल उद्घाटनका लागि नेता पौडेल पुगका  थिए ।

पुल दुई वर्ष अघि सम्पन्न भएको र अहिले नेता पौडेलले उद्घाटन गर्न नहुँने भन्दै पुल क्षेत्र वरपर सत्तारुढ दल नेकपाको भातृसंगठन युवा संघले विरोध प्रदर्शन गरेको थियो ।

त्यसपछि अवस्था असामान्य हुने र झडप हुने आँकलन गरी स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेलसहित एक दर्जन कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । 

अहिले पनि सो क्षेत्रमा युवा संघका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।  सो क्षेत्रमा निषेधाज्ञा आज साँझ ६ बजेसम्म कायम रहने स्थानीय प्रशासनले जनाएको छ ।

प्राप्त जानकारीअनुसार पुल उद्घाटनको विषयलाई लिएर युवा संघ र कांग्रेसका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले उक्त स्थानमा निषेधाज्ञा जारी गरेर नेता पौडेलसहित अन्यलाई नियन्त्रणमा लिएको जनाएकाे छ । 

नेता पौडेलले आफूसहित अन्यलाई प्रहरीले लाठी चार्ज गरी नियन्त्रण गरेको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *