‘पत्रकारको सिर्जनशिलता मार्न होइन, श्रीवृद्धिमा भुमिका होस्’

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारिताको मृत्युदर बढ्दै गएको बताउनुभएको छ ।

पौडेलले नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आयोजित त्रिदिवसीय भर्चुअल तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय संचार माध्यमको संख्या बढ्दै गए पनि बन्द हुने र पत्रकार पलायन हुने क्रम बढ्दै गएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा पत्रकार महासंघ बागलुङ शाखा भवन निर्माण सहित पत्रकार क्षमता अभिवृद्धि लगायतका रचनात्मक कार्यबाट उत्कृृष्ट शाखाको रुपमा स्थापित हुन सफ भएको बताउनुभयो । पौडेलले गण्डकी प्रदेशको राजधानी पोखरा जस्तै बागलुङ पत्रकारिताको राजधानी बन्दै गएको बताउनुभयो ।

तालिममा नेपाल लाइभका पूर्व सम्पादक नारायण अमृतले डिजिटल पत्रकारिताको बारेमा सहजिकरण गर्दै पछिल्लो समय पत्रकारको भुमिका पत्रकारिताको श्रीवृद्धिमा नभई सिर्जनशिलता मार्नमा देखिएको बताउनुभयो । धेरै पत्रकार मौलाउँदो कपि पेस्टको सिकार भएको र त्यसले समाचार सामग्रीमा नयाँ सिर्जनशिलता भेटाउन मुश्किल भएको उहाँको भनाई थियो । भाषा पत्रकारको सबै भन्दा ठुलो हतियार भएकाले यसको उपर्युक्त हिसाबले प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले कोरोना कहरका बीच फ्रन्टलाइनमा खटिएका पत्रकारहरुमा थप नयाँ उर्जा र उत्साहको सञ्चार गराउन त्रिदिवसीय भर्चुअल तालिम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रम उपाध्यक्ष नरेश कँडेलको स्वागत मन्तव्य र सचिव राम थापा ‘अविरल’को संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *