आदर्श सञ्चारद्धारा श्रद्धाञ्जली सभा

आदर्श अनलाईन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य कृष्णराज गौतमका पिता शेयर सदस्य सुदिप गौतम र क्रिस गौतमका हजुर बुबा बागलुङ नगरपालिका वडा नम्बर ७ निवासी गंग प्रसाद गौतमको निधन भएकोले ९ औं दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

गौतमको मंसिर १० गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका संचालक कमल लामीछाने र कर्जा उपसमिति सदस्य लेख बहादुर जि.सी ( गोपाल )ले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिन रकम अनुसार ५ हजार रुपैया स्वर्गीय गौतमका नाती क्रिस गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *