बागलुङका गण्डकी प्रदेश सांसद सापकोटालाई कोरोना संक्रमण

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटालाई कोरोना संक्रमण भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पछि पीसीआर परीक्षणका लागि स्वाब दिनुभएका सांसद सापकोटाको शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको छ ।

नेकपाका बागलुङका जिल्ला अध्यक्ष समेत रहनुभएका सापकोटा कोरोना संक्रमण भए पछि होम आइसोलेसनमा हुनुहुन्छ । संक्रमण पुष्टि पछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सापकोटाले यसबीचमा सम्पर्कमा भएकाहरुलाई पनि सचेतता अपनाउन आग्रह गर्नुभएको छ ।

सापकोटा बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट गण्डकी प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *