आदर्श सहकारीको रेशमा श्रद्धाञ्जली सभा

आदर्श अनलाईन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य भीम बहादुर पाण्डेका पुजनीय पिता काठेखोला गाउँपालिका–७ निवासी सर्वजित पाण्डे मगरको निधन भएकोले १० औं दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
पाण्डे मगरकोे मंसिर ९ गते ९१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका पूर्व सञ्चालक तथा काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिन रकम अनुसार ५ हजार रुपैया स्वर्गीय पाण्डेय मगरको परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *