कलाकार हरी सुनारको नयाँ गीत ‘दुरी टाढाको’(म्युजिक भिडियो सहित)

आदर्श अनलाइन,बागलुङ

सर्जक तथा गायक हरी सुनार चिन्तनको नयाँ गीत सार्वजनिक भएको छ ।

पेशाका हिसावले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत रहेका सुनारले यसै साता ‘दुरी टाढाको’ गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । बागलुङ गलकोट नरेठाटीका सुनारका यसअघि पनि सालैजो लगायतका बिभिन्न लोकदोहोरी गीत सार्वजनिक भइसकेको छ ।

यो गीत र म्युजिक भिडियो घर परिवारको खुसीका लागि नेपालीहरु परदेशिनु पर्ने कथाबस्तुमा आधारित छ । गीमा सर्जक तथा गायक सुनारको शब्द संगीत तथा पछिल्लो समयका लोकप्रिय गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वर छ । गीत र म्युजिक भिडियोमा नेपाली युवाहरुको बिबशता देखाइएको र यसलाई श्रोता दर्शकले रुचाउने अपेक्षा गरेको गायक तथा सर्जक हरि सुनारले आदर्श अनलाइनलाई बताए ।

निर्देशक स्मृति तिमिल्सनाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सज्जन बोहोरा, जुना गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

कलाकार हरी सुनारको नयाँ गीत ‘दुरी टाढाको’(म्युजिक भिडियो सहित)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *