बडिगाड गाउँपालिकाकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन,बागलुङ

जिल्लाको बडिगाड गाउँपालिकाकी एक गर्भवती महिलालाई आइतवार हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुतीमा जटिलता देखिए पछि बडिगाड गाउँपालिका १० दर्लिङकी १९ वर्षीया बसन्ता बिश्वकर्मालाई हेलिकप्टर मार्फत उद्धार गरी पोखरा लगिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत बिश्वकर्मालाई हेलिकप्टर मार्फत उद्धार गरिएको उहाँको भनाई छ ।

अत्यधिक रक्त श्राव भएको र पेटमा दुई बच्चा रहँदा एक बच्चाको अवस्था सामान्य भन्दा फरक तवरले पेटमा रहेका कारण पोखरा रेफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले बताउनुभयो। पोखरामा प्रसुती भइसकेको र आमा शिशु दुवैको अवस्था सामान्य रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *