आदर्श सहकारीको वार्षिक साधारणसभा गलकोटमा सम्पन्न

–आदर्श अनलाईन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ वार्षिक एकाई साधारण सभा शनिबार गलकोटमा सम्पन्न भएको छ ।

यसवर्षदेखि एकाईगत रुपमा साधारणसभा थालेपछि आइतबार गलकोट नगरपालिका–३ हटियामा साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाको रणनैतिक योजना, सहकारी सम्बन्धी जानकारी, बचत गर्नाले हुने फाइदा र सदस्य बृद्धिका विषयमा साधारणसभामा छलफल गरिएको थियो । कार्यक्रममा आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले संस्थाको विषयमा, सचिव ललिता थापाले संस्थाको प्रगतिको विषयमा र कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदनका विषयमा साधारणसभामा जानकारी गराइएको थियो ।

अहिले आदर्श सञ्चार सहकारी संस्थामा २ हजार २ सय २८ जना शेयर सदस्य, ४ करोड ५१ लाख शेयर पूँजि, ३२ करोड निक्षेप र २८ करोड कर्जा लगानी भएको आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजना, सदस्याता बृद्धि तथा सेवा केन्द्रको बारेमा बताउदै आदर्शले आर्थीक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष डिलकुमारी पुन, गलकोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीस, गलकोटका व्यवसायी कौशिला घर्ती र फरिन्द्र थापा लगायतको उपस्थिति थियो । संस्थाकोे २२ गते बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका बिभिन्न वार्डको छुट्टाछुट्टै २४, २५, २६ र २७ गते बागलुङ बजारमा गरिने संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *