बागलुङमा कोरोनाले बढायो लैङ्गिक तथा जातिय हिंसा

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोनाका कारण जातिय तथा लैङ्गिक हिंसा बढाइको पाइएको छ । बागलुङमा रहेर महिला तथा दलित अधिकारको क्षेत्रमा क्रिर्याशिल अधिकार कर्मीहरुले कोरोनाले महिला तथा जातिय हिंसा बढाएपनि दबारे राखेका कारण बाहिर आउन नसकेको बताएका छन् । उनिहरुले कोरोनामा हिंसा बढेपनि तथ्याङ्कमा भने कमी आएको बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा बागलुङमा जातिय तथा महिला हिंसा बढेपनि कोरोनाका कारण घरमै दबेर बसेको पाइएको छ । बागलुङमा पछिल्लो समय जातिय विभेद र कोरोनाका कारण महिलामा बढी असर पारेको भएपनि प्रहरीमा उजुरी नपर्नु दुखद् रहेको महिला अधिकारकर्मीहरुले बताएका छन् । बागलुङमा लामो समयदेखि महिला, दलित तथा अधिकारको क्षेत्रमा क्रियाशिलहरुले लैङ्गिक हिंसा घटाउनका लागि कानूनमात्रै कडा बनाएर नहुने भन्दै मानिसको विचारनै परिवर्तन गर्न आवश्यक रहेको छ ।

“कानूनमा त छुवाछुत अपराध भन्ने छ, तर क्वारेन्टिन देखि आइसोलेसनमा समेत विभेद भएको पाइयो” दलित अधिकारकर्मी सज्जन कुमार बिकले भन्नुभयो “मानिसको विचारै परिवर्तन गर्न नसके यस्ता हिंसा, छुवाछुत, विभेद लगायतका घटिरहन्छन्, हिंसा बढिरहेको हुन्छ ।” बिकका अनुसार बागलुङमा कोरोना पछि दलितहरुले क्वारेन्टिनमा संगै बस्न नपाएको आइसोलेसनमा समेत गैर दलित संग बस्न नदिएको पाइएको छ ।

कोरोनामा महिला हिंसाका घटना बढेको भएपनि तथ्याङ्कका आधारमा उजुरी घटेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अधिकारकर्मी राम शर्माले नेपालमा कोरोनाका कारण हिंसामा परेका महिलाको आधिकारिक तथ्याङ्क अउन समेत नसकेको बताउदै हिंसामा परेपनि कोरोनाका कारण घरमै सिमिति हुनुपरेको पाइएको छ । “घटना कोरोनामा झनै बढेको छ, परिवारमा बोझ बढ्नु, आम्दानी गुम्नु जस्ता कारणले महिला धेरै पीडित भएका छन्” राम शर्माले भन्नुभयो “घटना प्रहरी सम्म नपुगेका कारण तथ्याङ्कमा मात्रै नआएको हो, तर अवस्था कोरोनामा झनै चिन्ताजनक रह्यो ।”

घरमै खुम्चनुपर्ने, घर खर्च चलाउनुपर्ने, शारिरिक रुपमा कमजोरी हुदै जानु, संक्रमित महिलाले समेत अन्य परिवारका सक्रमितलाई स्याहार सुसार गर्नुपर्ने जस्ता समस्याले कोरोनामा महिला झनै पीडित बनेको पाइएको सावित्रा खड्काले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय मानव अधिकार आयोगमा ८० प्रतिशत महिला कोरोनामा हिंसामा परेको तथ्याङ्कमा परेको बताउनुभयो । परिवार घरमै थुप्रिदा बालबालिकाको हेरचाह गर्नुपर्ने, विरामीको स्याहार, स्वास्थ्यकर्मी महिलाको परिवारका कारण समस्यामा परेको खड्काले जानकारी दिनुभयो ।

बागलुङमा गत वर्ष १११ हिंसाका घटना घटेको र त्यसमा ६० प्रतिशत महिला रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार यो वर्ष जम्मा ६५ हिंसाका घटनाका विषयमा मात्रै प्रहरीमा उजुरी परेको बताउनुभयो । “प्रहरीमा पुगेको तथ्याङ्क घटेको भएपनि हिंसा बढेको छ, तर हिंसा कोरोनाका कारण बन्दाबन्दी भएकाले हिंसा बाहिर आउन नसकेको मात्रै हो” पन्तले भन्नुभयो “प्रहरी संग पुग्न आर्थिक अभाव भएका जस्ताका कारण हिंसाहरु घरमै सिमिति भएका छन् ।”

बागलुङमा कोरोनाका कारण स्वास्थ्य संस्थामै गर्भवती परिक्षण गर्न जान समेत डराएको पाइएको छ । विभिन्न बाहनामा अस्पताल र मेडिकलमा पुगेका महिलाको हाउभाउ देखेर समेत कोरोनाको समयमा बढी हिंसा भएको पाइएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

“युवती ग्याष्टिक भएको बाहनामा अस्पताल अथवा प्राभइभेट क्लिनिक आउने तर परिक्षणको क्रममा गर्भवती भएको, गर्भपतन गराउदा समस्या परेर आएको जस्ता घटना समेत पाइयो” पोखरेलले भन्नुभयो “कुनै न कुनै बाहनामा अस्पताल र क्लिनिक पुगेका महिलाले हिंसामा परेको तर भन्न नचाहने तर उसको शारिरिक तथा मानसिक रुपमा हिंसामा परे जस्तो देखिने गरेको छ ।”

डा.पोखरेलले कोरोनाले मानिसको हात मात्रै स्यानिटाइजरले गर्नेे होइन, विचार समेत स्यानिटाइज गर्न आवश्यक रहेको बताउनुभयो । १६ दिने अभियानले अधिकांश हिंङ्सा पीडितलाई छुन नसक्नु दुखद् रहेको परामर्शकर्ता तथा पत्रकार नविन शिशिर बिश्वकर्माले जानकारी दिनुभयो । अहिले बिदेशबाट समेत फर्कने युवा–युवतीको संख्या समेत वृद्धि भइरहेका कारण श्रीमान श्रमिती वीच कलह, आर्थिक हिसाव किताव लगायतका विषयमा झगडा परेको समेत पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *