गुहेली सञ्चार सहकारीको १४ औं साधारणसभा सुरु

आदर्श अनलाइन, बागलुङ
गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं बार्षिक साभारणसभा आज देखि सुरु भएको छ । कोभिड–१९ महामारीको कारण धेरै संख्यामा भिडभाड नगर्न सरकारले आव्हान गरेपछि सहकारीले यस वर्षदेखि एकाईगत साधारणसभा सुरु गरेको हो ।

सहकारीले एकाइगत साधारणसभा अन्तरगत पहिलो दिन बुधबार बागलुङ नगरपालिका–२ मा बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु नीति र विधिले चल्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा सहकारीहरुले आफ्नो उद्देश्य भन्दा पनि बचत तथा ऋणको मात्र काम गरिरहेकोले सहकारीहरु नाफामुखि नभइ सेवा मुखि हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा जिल्ला सहकारी संघ बागलुङका ऋण समिति सदस्य प्रेम बहादुर के.सी., भीमसेन क्याम्पसका प्रध्यापक डिल्लीराज उपाध्याय, प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) र काठेखोला गाउँपालिकाका सहलेखापाल खिमानन्द कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष प्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत कोषध्याक्ष प्रसाद थापा र संचालन जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नविन शिशिर विकले गर्नुभएको थियो ।

२०६४ सालमा सावकको भीमापोखरामा स्थापना भएको सहकारीले हाल काठेखोला गाउँपालिका–२ भीमापोखरामा मुख्य कार्यालय र बागलुङ बजारमा सेवा केन्द्र स्थापना गरि कार्यसंचालन गरिरहेको छ । हाल ७ सय शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७६/०७७ सम्म २ करोड ९७ लाख २८ हजार ७ सय ७४ रुपैयाँ कारोबार गरेको छ । सहकारीले हाल जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गरिरहेको छ ।

सहकारीको एकाइगत साधारणसभा मंसिर २५ गते काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा र २७ गते वडा नम्बर २ भीमापोखरामा सम्पन्न गर्ने सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *