आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ सम्मको एकाई सभामा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार तथा सहकारी संस्थाका शेयर सदस्य गोबिन्द बहादुर नेपालीले पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको बताउनुभयो ।

उहाँले शुरुमा सहकारी निर्वाहमुखी भएपनि पछिल्लो समयमा व्यावसायिक, उत्पादन तथा सामाजिक कार्यमा सक्रिय भएको बताउनुभयो । ‘अहिले त सहकारीहरु धेरै स्मार्ट बनिसकेका छन्, अझै उत्पादन र रोजगारीमुखी बन्नुपर्दछ’ नेपालीले भन्नुभयो ‘सहकारी आन्दोलनमा आदर्श सञ्चारको भूमिका उल्लेख्य रहेको छ, अझै अगाडी बढोस ।’

आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका दुरदराजमा पु¥याएको सेवा प्रशंसनीय रहेको उहाँको भनाई हरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले धौलागिरी क्षेत्रको सहकारी अभियानको प्रवद्र्धनका लागि आदर्शको भूमिका प्रभावकारी रहेको बताउनुभयो । उहाँले सूचना र सञ्चार, वित्तीय कारोबारसंगै सामाजिक रुपान्तरणका लागि आदर्श सञ्चारले खेलेको भूमिका सह्रानिय छ, गौतमले भन्नुभयो, आर्थिक रुपान्तरणसंगै सामाजिक रुपान्तरणका लागि थप शसक्त भएर लाग्नुपर्छ ।


कार्यक्रममा संस्थाका सचिव लालिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक थानेन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सम्पादक रामबहादुर जिसीले रणनीतिक योजना, शेयर सदस्यको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य सुरेश प्रसाद श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, कमला क्षेत्री, सिमा केसी, सावित्री शर्मा, गोकुल पाध्या, बाबुराम लम्साल, मुरारी गैरे र संगिता पुनलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यस्तै दिर्घकालिन तर्फ उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य हिमालय प्रकाश, देविसरा सिउठानी र निरमाया छन्त्याललाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै संस्थाले यस वर्षदेखि अपाङ्गता भएका शेयर सदस्यहरुलाई दिन थालेको एक हजार रुपैया अपाङ्गता भत्ता शेयर सदस्य कृष्ण आचार्यलाई प्रदान गरिएको छ ।

यस्तै शेयर सदस्यका आफन्तको मृत्यु हुँदा प्रदान गरिने मृत्यु राहत रकम अन्र्तगत शेयर सदस्य मिना पराजुलीका सासुआमा दिल कुमारी पराजुलीको मृत्यु राहत रकम हस्तान्तरण गरिएको थियो । संस्थाका सचिव ललिता थापा र शेयर सदस्य राजभापाको २६ औं बैबाहिक वर्षगाठको अवसरमा संस्थाले स्थापना गरेको दैविक प्रकोप तथा राहत कोषममा रु. दुई हजार ६ सय जम्मा गर्नुभएको छ ।

यस्तै दिर्घकालिन बाल बचत तर्फ उत्कृष्ट कारोबार गर्ने संगिता खड्काकी छोरी साहारा कार्की र धनमाया खड्काकी छोरी प्राप्ति खड्कालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । यस्तै कर्जा तर्फ उत्कृष्ट कारोबार गर्ने पार्वती कार्कीलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, आदर्श सञ्चार सहकारी संस्था संग एकिकरण भएकोे ओम बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्र बहादुर महतको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा संचालनमा सम्पन्न भएको थियो ।

संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । शुक्रवार वडा नं. १ र २ को एकाई सभा गरिने छ । ७ वटा एकाई सभाबाट छनोट भएका प्रतिनिधिहरुको सभाआगामी २७ गते सम्पन्न हुने संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *