मुख्यमन्त्री गुरुङद्वारा श्रद्धाञ्जली व्यक्त

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा अमृतादेवि खड्काको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटिका कार्यालय सदस्य अनन्त बहादुर खण्डकाकी ममतामयी माता अमृता देवी खड्कको निधन भएको आठौं दिनको पुण्य तिथिमा नेकपा बागलुङ नगर कमिटिले आयोजना गरेको शोक सभामा मुख्यमन्त्री गुरुङले निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले नेकपाका जिम्मेवार स्थानीय नेताले आमा गुमाउदा सिंगो पार्टी पङ्क्तीलाई अपुरणीय क्षती पुगेको बताउनुभयो ।

उहाँले बागलुङमा विकासको गतिविधिमा वृद्धिभइरहेको भन्दै मन्त्री गुरुङले सबैलाई सकरात्मक भएर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा नगर कमिटिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षता तथा बागलुङ नगर सचिव इन्द्र के.सी. पारसको सञ्चालनमा सम्पन्न भएको थियो । अमृता देवी खड्कको ८७ वर्षको उमेरमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *