लैङ्गिक हिंसा विरुद्धको अभियान : एक वडा एक महिला सम्मान

साधना पन्त, बागलुङ
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्र्दभमा बागलुङको काठेखोला गाउँपालिका ८ जना महिलालाई सम्मान गरेको छ ।

गाउँपालिकाका आठ वडामा १ जनाका दरले अति बिपन्न तथा एकल ८ मिहलाहरु छनौट गरी सम्मान गरिएको हो । काठेखोला गाउँपालिकाको आयोजाना, काठेखोला गाउँपालिका स्तरीय महिला समन्वय समिति र अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको समन्वयमा ८ जना महिलाहरुलाई बिहीबार सम्मान गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन ८ महिलालाई नगद र दोसल्ला सहित सम्मान गरिएको काठेखोला गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा गाउँपालिका स्तरीय महिला समन्वय समितिका संयोजक चित्रा श्रीषले जानकारी दिनुभयो ।

प्रत्येक महिलालाई रु पाँच हजार नगद सहित दोसल्ला ओढाए सम्मान गरिएको थियो । वडा भित्र बिपन्न र एकल महिला मध्येबाट छनौट गरी एक जनालाई सम्मानका लागि गाउँपालिकामा सिफारिस गरिएको हो । महिलाहरुलाई सम्मान पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले लैङ्गि हिंसा विरुद्धको अभियान नारामा मात्र सिमित राख्न नहुँने भन्दै महिलाहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरिएको बताउनुभयो । उहाँले सम्मान स्वरुप दिएको नगदको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

सम्मानित हुनेमा काठेखोला गाउँपालिका वडा नम्वर १ बाट खिरमती सार्की, २ बाट तुलकुमारी पाध्या, ३ बाट भिमकुमारी बिक, ४ बाट नन्दकली थापा, ५ बाट जसमती बिक, ६ बाट अमृता कंडेल, ७ बाट माया थापा, ८ बाट फुलमाया बस्याल रहेको इन्सेक गाउँपालिकामा गठन गरेको मानव अधिकार निगरानी समुहका संयोजक भेष कुमारी भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सिता थापाले महिला हिंसा सम्बन्धी जनचेतना मुलक गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा काठेखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष विद्यापती शर्मा, काठेखोला गाउँपालिका शिक्षा अधिकृत रमा उचाई, वडा नम्वर ४ का महिला दलित सदस्य विष्णु परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा गाउँपालिका स्तरीय महिला समन्वय समिति संयोजक चित्रा श्रीषलको अध्यक्षयता, सुन्तली बिकको स्वागत र चित्र कुमारी थापाको संचालनमा सम्पन्न भएको थियाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *