आदर्श सञ्चार सहकारीको सबै एकाईगत साधारणसभा सकियो

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा अन्तरगत बागलुङ नगरपालिका वडानम्बर १ र २ सम्मको एकाई सभामा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सहकारीले आर्थिक सम्बन्धसँगै भौगोलिक र आत्मीयतालाई बढाउने बताउनुभयो । अध्यक्ष पाइजाले हरेक नागरिकको जीवनस्तर परिवर्तन गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सबै क्षेत्रमा फिँजारिएर सेवा प्रवाह गर्न सुझाउनु भयो । आदर्श संचार सहकारीले सुमगदेखि दुर्गमसम्मका नागरिकलाई सूसुचित गराएको भन्दै वित्तीय क्षेत्रमा पनि प्रशंसनीय काम गरेको बताउनुभयो । पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको उहाँको भनाई छ ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले सहकारी निष्पक्ष र सेवामुलक क्षेत्र भएको बताउनुभयो । उहाँले सहकारीमा सबै सदस्यको उत्तिकै जिम्मेवारी र अधिकार हुने भएकाले सदस्यहरु सक्रिय भएर काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गरेर हुने खाने देखि हुँदा खाने सम्मका नागरिकलाई समेटियो भने संस्था र समाजको समृद्धि हुनेमा शंका नभएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव ललिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक थानेन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुतगर्नु भएको थियो । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

संस्थाका सम्पादक रामबहादुर जिसीले रणनीतिक योजना, शेयर सदस्यको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै उहाँले सहकारी भनेको सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण माध्यम भएकाले सबै सदस्यहरु सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य दयाराम पौडेल, शशिधर भट्टराई, सूर्यप्रसाद चापागाई, हिरामणी उपाध्याय, कृष्णबहादुर कार्की, रेणु केसी, सुदिप कँडेल, गंगा केसी र उषा पौडेललाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यस्तै दीर्घकालिनतर्फ उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य बिन्दु ढकाल सापकोटा, बालबचततर्फ रेणु केसीकी छोरी आरभी भण्डारी, बालदीर्घकालीनतर्फ परिधीथापा, नविना थापा र ओयरसन छन्त्याललाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । उत्कृष्टकर्जा तर्फ ओमबहादुर क्षेत्री सन्तोषलाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

संस्थाले यस वर्षदेखि अपाङ्गता भएका शेयर सदस्यहरुलाई दिन थालेको एक हजार रुपैया अपाङ्गताभत्ता शेयर सदस्य श्यामसुन्दर श्रेष्ठ र सपना केसीलाई प्रदान गरिएको छ ।

संस्थाका प्रबन्धक दिपकराज सापकोटा र शेयर सदस्यबिन्दु ढकालको ७ औं बैवाहिक वर्षगाठको अवसरमा संस्थाले स्थापना गरेको दैविकप्रकोप तथा राहत कोषममा १ हजार ५ सय ५५ रुपैया जम्मा गर्नुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, सल्लाहकार डिलबहादुर कार्कीको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । शुक्रवार वडा नं. १ र २ को एकाई सभा गरी ७ वटै एकाईसभा सम्पन्न भएको छ । ७ वटै एकाई सभाबाट चयन भएका प्रतिनिधिहरुको सभा तथा संस्थाको १५ औं स्थापना दिवस भोली मंसिर २७ गते गरिने संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *