गैरआवासीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

आदर्श अनलाइन, बागलुङ ।
कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीको लागि बैदेशिक रोजगारिमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताउँनुभएको छ ।


गैरआवसीय नेपाली संघ कतारको भर्चुल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले विदेशमा नेपालीले सिकेको शिप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने बताउँनुभएको हो ।

कोरोना भाइरसले सिर्जना गरेको कठिन परिस्थीतिमा पनि एनआरएनए कतारले राहत तथा उद्दारमा गरेको योगदान उदारणीय रहेको भन्दै राजदुत भारद्वाजले प्रशंसा गर्नुभएको थियो । उहाँले कोरोना महामारीको समयमा विदेशी भुमिमा आतंकित बनेको नेपाली समुदायलाई सचेतना फैलाउँने, विरामीलाई हौषला र उत्साह प्रदान गर्ने, राहत तथा उद्दारमा दुतावास सँग समन्वय गरेर गरेको कार्यको सधै उच्च मुल्याङकन हुने बताउँनुभयो । राजदुत भारद्वाजले कतार सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनमा प्रवासीहरुलाई भेदभाव नगरी राहत र व्यवस्थापनमा जुट्दा कम क्षतीमा छोटो समयमै व्यवस्थापन गर्न सफल भएको बताउँनुभएको थियो ।

परिषद भेलामा गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको थियो । सबैभन्दा धेरै नेपालीहरु रोजगारीको लागि गएको मध्यपूर्व कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली राजदुतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भुमिका उत्कृष्ट रहेको बताउँनुभएको थियो ।


भेलामा गैरआवसीय नेपाली संघका सचिव आरके शर्मा, मध्यपूर्व संयोजक प्रविण गुरुङ लगाएतले बोल्नुभएको थियो । भेलाले महासचिव पदम गिरीले प्रस्तुत गर्नुभएको प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाले प्रस्तुत गर्नुभएको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको छ ।

भेला गैरआवसीय नेपाली संघ कतारका अध्यक्ष मोहम्द मुक्तदा मुसलमानको अध्यक्षता, दृतिय उपाध्यक्ष टंककुमार खड्का (कुमार)को स्वागत तथा महासचिव पदम गिरीको सञ्चालनमा सम्पन्न भएको प्रवत्ता सन्तोष क्षत्रीले जानकारी दिनुभयो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *