गलेश्वरधामका ज्येष्ठ नागरिक र विद्यार्थीलाई न्यानो कपडा

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–९,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामका बृद्धबृद्धा, संस्कृति बिद्यालयमा अध्ययनरत बटुकहरू र कर्मचारीलाई ७५ थान न्यानो कपडा वितरण गरिएको छ ।

बालाचार्तुदर्शीको अवसरमा बेनी नगरपालिका–७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलले आश्रमका बृद्धबृद्धा, विद्यार्थी र कर्मचारी सहित ७५ जनालाई न्यानो कपडा र चाँद पर्वमा दक्षिणा समेत वितरण गरेको सञ्चालक सुविन श्रेष्ठले बताए । उनका अनुसार ब्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा समेत सहयोग गर्ने अभियान अन्तरगत उक्त सहयोग गरिएको बताए ।

आश्रममा आयोजित कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठ,संचालक,विपिन श्रेष्ठ र सविन श्रेष्ठको उपस्थिती रहेको थियो । सोही अवसरमा पुलस्त्य पुलअ अन्न्दान क्षेत्रका अध्यक्ष भिमनाथ पराजुलीले जन्मदिने आमाबुबा भगवानजस्तै हुने भएपनि आधुनिक समाजमा जन्मदिने बुबाआमालाई समेत छोराले छोड्न गरेको बताए ।

उनले आमाबुबालाई आश्रम खोज्ने छोराछोरीको नर्कमा बास हुने बताउँदै आश्रम र विभिन्न संघसंस्थामार्फत प्राप्त सहयोगले सहज भएको बताए । कार्यक्रममा बृद्धबृद्धाले सहयोगदातालाई समेत धन्यवाद दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *