सहकारी बैंकको कर्णाली प्रदेश स्तरीय साधारण सभा, सहकारी मार्फत मात्र समाजबाद सम्भव : सहकारीमन्त्री के.सी.

आदर्श अनलाइन, बागलुङ
कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले सहकारीको व्यवसायिक प्रवद्र्धनबाट मात्र समाजवाद संभव भएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत कर्णाली प्रदेश एकाई सभाको शनिवार उद्घाटन पछि बोल्दै मन्त्रीय केसीले यस्तो बताउनु भएको हो ।

विपन्न वर्गसम्म सरकारको पहुँच पु¥याउनका लागि सहकारी क्षेत्र सबै भन्दा प्रभावकारी माध्यम र जनताको आर्थिक रुपान्तरणका लागि सहकारी व्यवसाय नै प्रभावकारी हुने धारणा राख्नु भयो । उहाँले कर्णाली प्रदेशको आर्थिक विकासका लागि प्रदेश सरकारले सहकारीलाई महत्वपूर्ण साझेदारका रुपमा लिएको बताउनुभयो ।

बैंक वित्तीय संस्था भन्दा सहकारी संघ संस्थामा सबैको पहुँच पुग्ने विश्वास लिएको बताउदै विभिन्न ब्याज अनुदान लगायतका कार्यक्रम संचालन गरेको तथा त्यसलाई थप विस्तार गर्ने सोच बनाएको समेत उहाको सो अबसरमा बताउनु भएको छ ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंले सञ्चालन र बैंकका संचालक तथा कर्णाली प्रदेशका संयोजक हरिहर नाथ योगीको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मित्रराज दवाडीले लेखा समितिको प्रतिवेदन र सञ्चालक ज्ञान बहादुर तामांगले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो । हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमण कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

बैंकले गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको जनाएको छ । एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *